बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट सिरिज क्लिनस्विप गरेको छ। दोस्रो टेस्टमा बुधबार ७८ रनको जित निकाल्दै घरेलु टोलीले सिरिज कब्जा गरेको हो। पहिलो टेस्टमा बंगलादेश १०४ रनले विजयी भएको थियो।
सिलेटमा ४३७ रनको उच्च लक्ष्य पछ्याएको पाकिस्तान पाँचौ तथा अन्तिम दिन ३५८ रनमा अलआउट भएपछि बंगलादेशले ७८ रनको जित निकाल्यो । पाकिस्तानका लागि मोहमद रिजवानले ९४ तथा कप्तान शान मसूद र सलमान आघाले समान ७१ रन बनाए पनि हार भने टार्न सकेनन्। बाबर आजम ४७ रनमा आउट भए।
पाकिस्तानलाई सस्तैमा समेट्न तैजृल स्लामले ६ विकेट झारे। नसिद रानाको नाममा २ विकेट रह्यो।
पहिलो इनिङ्समा पाकिस्तान २३२ रनमा अलआउट भएको थियो।
बंगलादेशले भने पहिलो इनिङ्समा २७८ र दोस्रो इनिङ्समा ३९० रन बनाएको थियो।
प्लेयर अफ द सिरिज बंगलादेशका मुस्फिकर रहिम भए।
प्रकाशित: ६ जेष्ठ २०८३ १६:४१ बुधबार





