१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोड राजस्व सङ्कलन

गण्डकी प्रदेशमा गत असारमा ट्राफिक कारबाहीबाट रु एक करोड ६५ लाख १३ हजार राजस्व सङ्कलन भएको छ।

प्रदेशका ११ वटै जिल्लामा गरिएको प्रहरी चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूबाट जरिवाना बापत उक्त रकम उठेको हो।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले सोही अवधिमा १९ वटा सवारी दुर्घटना भएको जानकारी दिए।

दुर्घटनामा परी २१ जनाले ज्यान गुमाए भने १८ जना घाइते भएका थिए। प्रहरीले असारमा प्रदेशका विभिन्न जिल्लाबाट ५४ थान भरुवा बन्दुक बरामद गरिएको जनाएको छ।

सोही महिनामा ११६ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले बताए। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रदिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याइएको हो।

पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि प्रहरीले सम्बन्धित जिल्लाका अदालतमा बुझाएको थियो।

प्रतिवादीबाट २९ वर्ष आठ महिना १७ दिन कैद र रु दुई करोड ५९ लाख आठ हजार ६३८ बिगो रकम असुल गरिएको छ।

प्रकाशित: ५ श्रावण २०८३ १७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App