३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

अस्ट्रेलियाले जित्यो एशेज शृंखला

सिड्नीमा भएको अन्तिम खेलमा इंल्याण्डलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले एशेज शृंखला ४–१ ले जितेको छ। यो जितले विश्व टेस्ट च्याम्पियनसिपमा महत्त्वपूर्ण १२ अंक थपिएर शीर्ष स्थान झन् बलियो भएको छ।

पाँचौँ दिन इंल्याण्डको दोस्रो इनिङ ३४२ मा सकियो। १६० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेट गुमाएर पूरा गर्‍यो। खेलको अन्त्यमा एलेक्स केरी र क्यामरुन ग्रिनले टोलीलाई जित दिलाए।

सन्यास घोषणा गरेका उस्मान ख्वाजाले अन्तिम टेस्टमा यादगार प्रदर्शन गर्ने मौका पाएनन्। उनी जोश टङ्गुको बलमा मात्र ६ रन बनाएर आउट भए।

यसअघि मिचेल स्टार्कले नयाँ बलमा ज्याकब बेथेललाई आउट गरेका थिए। बेथेलले आउट हुनुअघि १५४ रनको उत्कृष्ट इनिङ खेलेका थिए। २२ वर्षीय बेथेलले ब्याटिङमा राम्रो लय देखाएका थिए।

प्रकाशित: २४ पुस २०८२ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App