आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत पाकिस्तानविरुद्धको भिडन्तमा भारतले अर्को ठूलो विकेट गुमाएको छ। आक्रामक ब्याटिङका लागि चिनिने अलराउन्डर हार्दिक पाण्ड्या पहिलो बलमै शून्य रनमा आउट भएका छन्।
खेलको १४.४ ओभरमा पाकिस्तानी स्पिनर सइम अयुबले पाण्ड्यालाई आफ्नो शिकार बनाएका हुन्। अयुबको बलमा ठूलो सट खेल्ने प्रयास गरेका पाण्ड्यालाई पाकिस्तानी कप्तान बाबर आजमले सहजै क्याच आउट गराए। पाण्ड्याले मात्र १ बलको सामना गरेका थिए।
यस खेलमा पाकिस्तानी बलर सइम अयुब भारतका लागि निकै घातक सावित भएका छन्। उनले लगातार जसो विकेट लिँदै भारतको मध्यक्रम ध्वस्त पारेका छन्। अयुबले यसअघि नै सेट ब्याटर इशान किशन (७७ रन) र तिलक वर्मा (२५ रन) लाई आउट गरिसकेका छन्। हार्दिकको विकेटसँगै अयुबले व्यक्तिगत ३ विकेट पूरा गरेका छन्।
ताजा अवस्था अनुसार भारतले १४.४ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १२६ रन जोडेको छ। क्रिजमा अहिले कप्तान सूर्यकुमार यादव २२ रन बनाएर खेलिरहेका छन् भने पाण्ड्या आउट भएपछि नयाँ ब्याटरका रूपमा शिवम् दुबे मैदान प्रवेश गरेका छन्।
प्रकाशित: ३ फाल्गुन २०८२ २०:३५ आइतबार





