‘महालक्ष्मी विकास बैंकको फोटोग्राफी प्रतियोगिता -संस्करण ३’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर बिजचित्र फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ। यस वर्ष पनि प्रतियोगिताको तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ।
२०८२ भदौ ११ गतेदेखि असोज ३१ गतेसम्म विभिन्न फोटो संकलन गरिएको थियो। यस प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापार झल्कने फोटोहरू खिचेर पठाउनुपर्ने नियमअनुसार विभिन्न फोटोग्राफर मार्फत थुप्रै फोटोहरू प्राप्त भएका थिए।
प्रतियोगितामा समावेश सम्पूर्ण फोटाहरू उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायहरू मार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए। प्रतियोगिताको मूल्यांकनका लागि छानिएको तीन सदस्यीय निर्णायक समितिमार्फत १५ वटा उत्कृष्ट तस्बिर छानिएका थिए।
प्रकाशित: ५ फाल्गुन २०८२ ०७:५९ मंगलबार





