एडिलेड एकदिवसीयमा अष्ट्रेलियाले भारतलाई दुई विकेटले पराजित गरेको छ। यससँगै अष्ट्रेलियाले तीन खेलको एकदिवसीय शृङ्खला २-० ले जितेको हो।
अष्ट्रेलियाको एडिलेडमा भएको खेलमा पहिला ब्याटिङ गर्दै भारतीय टोलीले अष्ट्रेलियालाई २६५ रनको लक्ष्य दिएको थियो, जुन अष्ट्रेलियाले ४६.२ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो।
अष्ट्रेलियाका लागि म्याट सर्टले सर्वाधिक ७४ रन बनाए। कूपर कोनेलीले ६१, मिचेल ओवेनले ३६ र म्याट रेनशले ३० रन बनाए।
भारतका लागि वाशिंगटन सुन्दर र हर्षित राणाले दुई(दुई विकेट लिए भने अर्शदीप सिंह र अक्षर पटेलले एक(एक विकेट लिए।
पहिले ब्याटिङ गर्दै भारतीय टोलीले नौ विकेट गुमाउँदै २६४ रन बनाएको थियो। भारतका रोहित शर्माले सर्वाधिक ७३ रन बनाए। श्रेयस अय्यरले ६१, अक्षर पटेलले ४४ र हर्षित राणाले २४ रन बनाए।
तेस्रो तथा अन्तिम एकदिवसीय खेल अक्टोबर २५ मा सिड्नी क्रिकेट मैदानमा खेलिनेछ।
प्रकाशित: ६ कार्तिक २०८२ १७:५९ बिहीबार





