नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सका लागि अर्धशतकीय पारी खेलेका ओपनर आसिफ शेख आउट भएका छन्। काठमाडौं गोर्खाजविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै उनले टोलीको पारी सम्हालेका थिए।
४१ बलको सामना गरेका आसिफले ६ चौका र १ छक्का प्रहार गर्दै ५४ रनको महत्वपूर्ण योगदान दिए। उनको विकेट पतनसँगै जनकपुर थप दबाबमा आएको छ।
यो समाचार तयार पार्दासम्म जनकपुरले १५ ओभरको खेल सकिँदा ५ विकेटको क्षतिमा ८५ रन बनाएको छ।
आसिफ आउट भएपछि क्रिजमा लाहिरु समरकून ब्याटिङका लागि आएका छन्। सुरुवाती झट्का बेहोरेको जनकपुरलाई सम्मानजनक स्कोरसम्म पुग्न अब बाँकी ब्याट्सम्यानमाथि ठूलो जिम्मेवारी आएको छ।
प्रकाशित: १ मंसिर २०८२ १७:१३ सोमबार





