४ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

एसियाली खेलकुदः नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हरायो

फाइल तस्बिर

नेपालले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको छ।

नेपालले कीर्गिस्तानविरुद्ध सुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्दै पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा नेपालले अझ बलियो खेल प्रदर्शन गर्दै २५-१६ को सहज जित निकाल्यो।

तेस्रो सेटमा पनि नेपालले आफ्नो लय कायम राख्दै २५-२० ले जित हात पार्‍यो। लगातार तीन सेट जितेपछि नेपालले खेल ३-० ले आफ्नो पक्षमा पारेको हो।

नेपाल यसअघि भएको समूह चरणको दुवै खेलमा पराजित भएको थियो। पहिलो खेलमा जापानसँग पराजित नेपाल दोस्रो खेलमा इन्डोनेसियासँग पराजित भयो। समूह चरणबाट बाहिर भएको नेपालले अब आजको जितपछि ९ औँ स्थानको लागि प्रतिस्पर्धा गर्नेछ।

नेपालले यस जितसँगै विश्व भलिवलमा आफनो र्‍याकिङ सुधार गर्ने मौका पाएको छ । अहिले नेपाल विश्व वरियतामा ६९ औं स्थानमा रहेको छ।

प्रकाशित: ४ आश्विन २०८३ १५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App