४ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

एमालेले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने, सोमबार सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय

नेकपा एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको छ। भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न आज बसेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने सहमति गरेको हो।

एमालेको १०औँ सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदनलाई पनि अनुमोदन गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्।

उपाध्यक्ष तथा कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव पोखरेलले तयार पारेका प्रतिवेदनलाई एकीकृत गरी अन्तिम रूप दिइएको हो। कार्यदलका संयोजक थापाले सचिवालय बैठकमा प्रतिवेदन पेस गरेका थिए।

यसअघि अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो प्रतिवेदन तयार गरेका थिए। उक्त प्रतिवेदनमा देशभरबाट प्राप्त सुझावलाई अनुसूचीका रूपमा समावेश गरिएको छ।

प्रतिवेदनमा रहेको ‘तत्काल पुनर्गठन’ भन्ने शब्द भने हटाइएको छ।

कार्यदलको छलफलपछि सचिवालय बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै एमालेले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि आवश्यक एजेण्डासमेत तय गरेको छ।

अब केन्द्रीय कमिटी बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आयोजना गर्नेलगायत सचिवालयबाट प्रस्तावित विषयमा छलफल गर्नेछ।

प्रकाशित: ४ आश्विन २०८३ १९:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App