२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

एसियन कप छनोटः नेपाल भियतानबीचको पहिलो हाफ बराबरीमा, नेपाल दश खेलाडीमा सीमित

एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल र भियतामबीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । नेपाल र भियतनामले पहिलो हाफमा १-१ गोलको बराबरी खेलेका हुन् ।  

खेलमा अग्रता भियतनामले नवौं मिनेटमा तियान लिनको गोलबाट लिएको थियो । तर नेपालले १७ औं मिनेटमा गोल फर्कायो । सनिष श्रेष्ठले हेडरमार्फत् गोल गर्दै खेल बारबरीमा ल्याएका हुन् ।  

पहिलो हाफको अन्त्यमा लाकेन लिम्बू रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि नेपाल १० खेलाडीमा सीमि भएको छ । डिबक्स बाहिर बल लिएर अघि बढेका भियतनामी खेलाडीलाई फल गरेपछि उनलाई सिधैं रातो कार्ड दिइएको हो ।  

नेपाल र भियतनामबीच २२ वर्षपछि खेल भएको हो । फिफा वरीयातामा भियतनाम ११४ औं र नेपाल १७६ औं स्थानमा छन् । 

प्रकाशित: २३ आश्विन २०८२ १९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App