एसिया कपको बहुप्रतिक्षित खेलमा पाकिस्तानले भारतसामु १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२७ रनको योगफल तयार पारेको हो । पाकिस्तानका लागि सहिबजादा फरहानले सर्वाधिक ४० रन बनाए । सहिन अफ्रिदी ३३ रनमा नटआउट रहे । १६ बलको सामना गरेका उनले चार छक्का हिर्काए । पाकिस्तानको इनिङ्समा ६ जनाले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
भारतका लागि कुलदीप यादवले ३, जसप्रित बुमराह र अक्षर पटेलले २ तथा हार्दिक पाण्डेय र भरुण चक्रवर्तीले समान एक विकेट लिए ।
समूह एमा रहेका भारत र पाकिस्तानले आफ्नो पहिलो खेलमा जित निकालेका छन् ।
प्रकाशित: २९ भाद्र २०८२ २२:०५ आइतबार





