१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

एसिया कपको फाइनल आज, भारत र पाकिस्तान भिड्दै

एसीसी एसिया कपको फाइनलमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै छन्।

आइतबार फाइनल खेल यूइईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रगंशालामा नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ। एसिया कपको इतिहासमा पहिलोपटक फाइनलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दै छन्।

जारी प्रतियोगितामा भारत अपराजित रहँदै फाइनल प्रवेश गरेको हो भने पाकिस्तान भारतसँग यही प्रतियोगितामा दुई पटक पराजित भएको हो।  

पाकिस्तान र भारत क्रिकेटको चिरप्रतिद्वन्द्वी हुन्। त्यस्तोमा दुवै टोली उपाधिका लागि प्रतिस्पर्धा गर्ने हुँदा एसिया कपको फाइनल निकै रोमान्चक हुने अनसमान छ।  

आज हुने फाइनलमा भारतविरुद्ध पाकिस्तानलाई बदला लिने मौका हुनेछ। जारी प्रतियोगितामा दुई हारको बदला पाकिस्तानले फाइनलमा लिनेछ। यता, भारत पनि आफ्नो अपराजित यात्रालाई कायमै राख्दै उपाधि चुम्ने लक्ष्यमा रहनेछ।

जारी प्रतियोगितामा कुल ८ टोलीले सहभागिता जनाएका थिए।

प्रकाशित: १२ आश्विन २०८२ ११:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App