एसिया कप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको खेलमा बंगलादेशले हङकङलाई ७ विकेटले पराजित गर्यो ।
समूह बीको खेलमा हङकङले दिएको १४४ रनको लक्ष्य बंगलादेशले १७.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसको जितमा क्याप्टेन लिट्टोन दासले ५९ रनको योगदान गरे ।
पहिला ब्याटिङ हङकङले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो । उसका लागि निजाकत खानले ४२ रन जोडेका थिए ।
हङकङ आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो । लिग चरणको आफ्नो अन्तिम खेलमा अब उसले श्रीलंकाको सामना गर्नेछ ।
समूह एको खेलमा शुक्रबार पाकिस्तान र ओमानबीच प्रतिस्पर्धा हुनेछ । समूह ए मा यूएईलाई ९ विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको थियो ।
प्रकाशित: २७ भाद्र २०८२ ००:२० शुक्रबार





