२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

एन्फा यु-१७ लिग: सातदोबाटो पाँचौं खेलमा पनि असफल

सातदोबाटो युवा क्लबले चर्च ब्वाइज युनाइटेडसँग फराकिलो हारसँगै जारी एन्फा यु–१६ युथ लिगमा लगातार पाँचौं खेलको नतिजा पनि सुम्पिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सातदोबाटो युथले बुधबार साबिक विजेता चर्च ब्वाइजसँग ९–२ को लज्जास्पद हार सामना गरेको हो। चर्च ब्वाइजको जितमा स्वप्निल दर्नाल र सुशान थापामगरले ह्याट्रिक पूरा गरे।

सुजन तामाङले दुई गोल र पारस ऐडीको नाममा एक गोल रह्यो। सातदोबाटोका लागि विमलेन्द्रकुमार कुशवाह र युवराज भट्टराईले गोल गरे। यससँगै जारी लिगमा सातदोबाटोले पाँचौं खेलको नतिजा पनि सुम्पिएको छ। चर्च ब्वाइजको भने पाँचौं खेलमा यो दोस्रो जित हो। जितसँगै चर्च ब्वाइज ६ अंक जोड्दै अंकतालिकाको आठौं स्थानमा उक्लिँदा सातदोबाटो जितविहीन हुँदै अंकतालिकाको पुछारमा छ।

खेलको आठौं मिनेटमा स्वप्निलको गोलबाट चर्च ब्वाइजले अग्रता लियो। सुशानले १६औं मिनेटमा चर्च ब्वाइजको अग्रता दोब्बर बनाए। स्वप्निलले तीन मिनेटपछि नै तेस्रो गोल गरे। २४औं मिनेट विमलेन्द्रकुमारले गोल फर्काउँदै सातदोबाटोको चर्च ब्वाइजसँग अग्रता छोट्याए। तर, चार मिनेटपछि नै चर्च व्बाइजले चौथो गोल ग¥यो।

साजन तामाङको गोलसँगै पहिलो हाफमा चर्च ब्वाइज ४–१ ले अगाडि रह्यो। दोस्रो हाफको सुरुमै सातदोबाटोले गोल फर्काउँदै दूरी घटाउने प्रयास ग¥यो। तर, ५४औं मिनेटमा युवराज भट्टराईको पेनाल्टी गोलबाट सातदोबाटोले पुनरागमनको प्रयास गरेको हो। यो गोलसँगै सातदोबाटोले चर्च ब्वाइजसँगको दूरी ४–२ को स्थितिमा ल्याए।

साजनले ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजको अग्रता बढाए। ७२औं मिनेटमा सुशानले पनि व्यक्तिगत दोस्रो गोल थपे। पाँच मिनेटपछि नै चर्च ब्वाइजले सातौं गोल ग¥यो। यसपल्ट पारस ऐडीले गोल गरेका हुन्। अन्तिम १० मिनेटमा चर्च ब्वाइजले दुई गोल थप्यो। यस क्रममा चर्च ब्वाइजका दुई खेलाडी ह्याट्रिक पूरा गर्न सफल भए।

सुशानले ८४औं मिनेटमा ह्याट्रिक पूरा गरे। इन्जुरी समयमा स्वप्निलले पनि ह्याट्रिक पूरा गरेपछि चर्च ब्वाइजले सातदोबाटोमाथि ९–२ को जित निकाल्यो। दिनको दोस्रो खेलमा हिमालयन शेर्पा र पे्रmन्ड्स क्लबबीचको खेल गोलरहित बराबरीमा नै सकियो। यससँगै समान पाँचौं खेलबाट पे्रmन्ड्सले १० अंक र हिमालयन शेर्पाले आठ अंक जोडे।

दिनको अन्तिम खेलमा शीर्ष स्थानका लागि दाबेदार मनाङ मस्र्याङ्दी र विभागीय टोली नेपाल पुलिस क्लब गोलरहित बराबरीमा रोकिएका छन्। एन्फा कम्प्लेम्समा नै भएको खेलमा मनाङ पुलिसमाथि जित निकाल्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यसहित मैदानमा उत्रिएको थियो। यता, शीर्ष स्थानको पुलिस पनि मनाङमाथि जितसँगै अंकदूरी बढाउने लक्ष्यमा थियो। तर, खेलको नतिजा बराबरीमा नै टुङ्गियो। यससँगै पुलिसको विजययात्रा पाँचौं खेलमा आएर समाप्त भयो।

मनाङ पनि पाँचौं खेलसम्म अपराजित टोली हो। तर, एक अंक बटुल्दै मनाङ ११ अंकका साथ दोस्रो स्थानमा उक्लियो। शीर्ष स्थानको पुलिसले चार जित र एक बराबरीसहित १३ अंक जोडेको छ। चार खेलबाट १० अंकसहित मच्छिन्द्र क्लब तेस्रो स्थानमा झरेको छ।

प्रकाशित: १ श्रावण २०८२ ०८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App