१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

फुटबल खेल्ने वातावरणकाे माग गर्दै एन्जिलाले साेधिन् 'हाम्रो मिहेनतको मूल्य छैन?'

नेपाली राष्ट्रिय महिला टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले राजनीति विवादले फुटबल बन्धक नबनाउन आग्रह गरेकी छिन्।

पछिल्लो समय अखिल नेपाल फुटबल संघ (एन्फा)को विवादको कारण उनले आग्रह गरेकी हुन्। मगंलबार सामाजिक सञ्जालमार्फत एक पोष्ट गर्दै उनले फुटबल खेल्ने वातावरण बनाउन माग गरेकी छन्।

राजनीतिले बाटो छेक्दा मन रुने उनकाे भनाइ छ। 'मैदानमा पसिना बगाउन हामी कहिल्यै पछि हटेनौ, तर कार्यकक्षको राजनीतिले हाम्रो बाटो छेक्दा मन रुन्छ। खेलकुद निकाय र सरकारलाई प्रश्न छ-के हाम्रो मिहेनतको कुनै मूल्य छैन?’, उनले लेखेकी छन्।

यस्तै, उनले देशको लागि खेल्न चाहेको बताउँदै राजनीतिक विवादले फुटबललाई बन्धक नबनाउन अनुराेधसमेत गरिन्। 'हामीलाई राजनीति होइन, फुटबल खेल्ने वातावरण चाहियो! हामी खेल्न चाहन्छौँ, देशको झण्डा फहराउन चाहन्छौँ।’, उनले गुनासाे गरिन्।

राष्ट्रिय खेलकुद परिषद्बाट एन्फा तीन महिनाको लागि निलम्बनमा परेको छ। फिफा सिरिज खेल्न नपाउने हल्लाको बिच उनले सो स्ट्याटस लेखेकी हुन्।

नेपाली टोलीले आउँदो महिनामा फिफा सिरिज खेल्ने तालिका छ।

प्रकाशित: १७ चैत्र २०८२ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App