१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

एन्फाले भन्यो : खेलाडीसँग छलफल गरेर समाधान निकाल्छौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले एन्फा र खेलाडीबीच छलफल गरेर समाधान निकाल्ने बताएका छन्।

बिहीबार बिहान नेपाल खेलाडी संघ र खेलाडीहरू सातदोबाटोस्थित एन्फाको मुख्यालयमा धर्ना बसिरहेका छन्। एन्फाले यो वर्ष 'ए' डिभिजन लिग नगर्न घोषण गरेपछि खेलाडीहरू धर्नामा बसेका हुन्।

सो धर्ना कार्यक्रमका बिच एन्फाका प्रवक्ता शाहले खेलाडीहरूलाई आश्वासन दिँदै खेलाडी र एन्फाबिच छलफल गरेर समाधान निकाल्ने बताएका हुन्। 'तपाईँहरूको समस्या के हो, त्यो तपाईँहरू र हामी एन्फा पदआधिकारी बसेर छलफल गरेर समाधान निकाल्ने छौँ,' प्रवक्ता शाहले भने।

बिहान ११ बजेबाट सुरु भएको सो कार्यक्रम अहिले पनि जारी छ। खेलाडीहरूलाई एन्फाभित्र रोक लगाइएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। ए डिभिजन लिग आयोजना नभएको झन्डै तीन वर्ष हुन लागेको छ।

प्रकाशित: २० कार्तिक २०८२ १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App