४ माघ २०८२ शनिबार
image/svg+xml
खेल

महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालका सबै खेल त्रिवि मैदानमा हुने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले नेपालमै आयोजना हुने महिला टी-२० विश्वकप ग्लोबल छनोटको चारैवटा खेल त्रिवि क्रिकेट मैदानमा खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले खेल्ने चारैवटा खेल त्रिवि मैदानमा खेल्ने भएको हो। यसअघि नेपालले माथिल्लो मुलपानी क्रिकेट मैदानमा २ र त्रिवि क्रिकेट मैदानमा २ खेल खेल्ने तालिका थियो।

प्रतियोगिता आउँदो माघ ४ गते सुरु हुँदैछ। प्रतियोगितामा कुल १० टोलीले सहभागिता जनाउँदै छन्।

प्रकाशित: २५ पुस २०८२ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App