१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

अल्काराजले जिते कतार ओपन

स्पेनका कार्लोस अल्काराजले कतार ओपन जितेका छन्। विश्व नम्बर एक कार्लोस शनिबार कतार ओपनमा फ्रान्सका आर्थर फिल्सलाई ६-२, ६-१ ले हराउँदै उपाधि जितेका हुन्।

म यस वर्ष धेरै भोकाएर आएको छु, उनले भने। गत वर्ष उनी दोहा क्वार्टरफाइनलमा पराजित भएका थिए। 

‘मलाई लाग्छ हरेक प्रतियोगिता पछि, हामीले नयाँ लक्ष्यहरू सेट गर्नुपर्छ। म मेरो टोलीसँग कोर्ट भित्र र बाहिर गरेको सबै कुरामा साँच्चै खुसी र गर्व गर्छु’ उनले खेलपछि भने।

उनले हालैमात्र अस्ट्रेलियन ओपन जितेका थिए।

प्रकाशित: ११ फाल्गुन २०८२ १३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App