४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

माजपछि अनिल साहको पनि अर्धशतक, जनकपुर बोल्ट्स जितको सँघारमा

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा जनकपुर बोल्ट्सका अनिल साहले उत्कृष्ट अर्धशतक प्रहार गरेका छन्।

१७७ रनको लक्ष्य पछ्याइरहेको जनकपुरलाई सहज जिततर्फ डोर्‍याउन साहले जिम्मेवारीपूर्ण र आक्रामक इनिङ खेलेका हुन्।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल साहले संयमित हुँदै इनिङ अगाडि बढाए र मात्र २८ बलमा आफ्नो अर्धशतक पूरा गरे। उनी हाल २९ बलमा ३ चौका र ३ छक्कासहित ५४ रन बनाएर अविजित खेलिरहेका छन्।

यसअघि ओपनर माज सदाकतले पनि विष्फोटक ब्याटिङ गर्दै ३० बलमा ६३ रन बनाएर आउट भए। दोस्रो विकेटका लागि माज र अनिलबीच ७९ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो। माज आउट भएपछि अनिलले इनिङ सम्हालिरहेका छन्।

अनिल र माजको अर्धशतकको मद्दतले जनकपुर बोल्ट्स जितको निकै नजिक पुगेको छ। १४.१ ओभरको खेल सकिँदा जनकपुरले २ विकेटको क्षतिमा १४८ रन बनाएको छ।

अब जनकपुरलाई खेल जित्न अन्तिम ३५ बलमा मात्र २९ रन आवश्यक छ।

क्रिजमा अनिल साहलाई साथ दिन जान निकोल लोफ्टी–इटन रहेका छन्।

प्रकाशित: १६ मंसिर २०८२ १४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App