२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

थाई टोलीसँग भिड्दै एपिएफ

एएफसी महिला च्याम्पियन्स लिग छनोटमा एपीएफ क्लबले आज (बिहीबार) आफ्नो दोस्रो तथा महत्त्वपूर्ण खेलमा थाइल्यान्डको कलेज अफ एसियन स्कलर्सको सामना गर्दैछ।

उज्वेकिस्तानको मार्काजिय स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। पहिलो खेलमा पराजित भएको एपीएफका लागि अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राख्न यो खेल जित्नै पर्ने दबाब छ।

आफ्नो पहिलो खेलमा आयोजक उज्वेकिस्तानको पीएफसी नासाफसँग ३-० को हार बेहोरेको एपीएफलाई आजको खेलमा जित बाहेकको विकल्प छैन।

अर्कोतर्फ, थाई टोलीले आफ्नो पहिलो खेलमा साउदी अरेबियाको अल नासरलाई २-० ले पराजित गर्दै बलियो सुरुवात गरेको थियो।

आजको खेलमा जित निकाल्दै एपीएफ पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ भने लगातार दोस्रो जित निकाल्दै थाई टोली समूहको शीर्ष स्थानमा आफ्नो दाबेदारी बलियो बनाउन चाहन्छ।

एपीएफले अब अगस्ट ३१ मा साउदी क्लब अल नासरसँग खेल्नेछ।

प्रकाशित: १२ भाद्र २०८२ १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App