एएफसी महिला च्याम्पियनसिप छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा पनि सशस्त्र प्रहरीको एपिएफ क्लब पराजित भएको छ । आइतबार अल नासरसँग पराजित भएसँगै एपिएफ अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएका हो ।
उज्वेकिस्तानको मार्काजिय स्टेडियममा भएको खेलमा आइतबार अल नासरले एपीएफलाई ६-१ गोलले पराजित गर्यो।
नेपालका लागि सविता राना मगरले सान्त्वना गोल गरिन्। यो छनोट प्रतियोगितामा एपीएफले गरेको यो नै पहिलो गोल हो।
एपीएफ पहिलो खेलमा पिएफसी नासाफसँग ३-० ले पराजित भएको थियो। त्यस्तै, दोस्रो खेलमा थाइल्यान्ड स्कोलर्सले ५-० को फराकिलो हार व्यहोरेको थियो।
प्रकाशित: १५ भाद्र २०८२ २०:३७ आइतबार





