टी-२० विश्वकप एसिया छनोट सुपर सिक्स अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ।
संकटमा रहेको नेपाली टोलीको इनिङ्स सम्हाल्ने प्रयास गरिरहेका आदिल आलम १६ रन बनाएर पभेलियन फर्किएका हुन्।
नेपालले १६.३ ओभरमा १२१ रन बनाउँदा पाँचौँ विकेट गुमाएको हो। आदिलले १५ बलमा १६ रन जोडे। आदिल आउट भएपछि अब ब्याटिङका लागि गुलशन झा क्रिजमा आएका छन् ।
अर्को छेउमा अर्धशतक पूरा गरिसकेका कुशल भुर्तेलले नेपालको इनिङ्सलाई एक्लैले डोर्याइरहेका छन्। उनी ४८ बलमा ६८ रन बनाएर खेलिरहेका छन्।
प्रकाशित: २९ आश्विन २०८२ २२:०० बुधबार





