राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदातालाई ‘पृथ्वी पथ’ लाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गरेको दल राप्रपा मात्रै भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्।
उनले लेखेका छन्, ‘के तपाईंलाई थाहा छ? राप्रपा बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई आफ्नो आदर्श पुरुष र दिव्य उपदेश ‘पृथ्वी पथ’ लाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गरेको एक मात्र राजनीतिक दल हो।’
प्रकाशित: १४ फाल्गुन २०८२ १६:५३ बिहीबार





