१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

न्यातपोल सम्पदा यात्रा चैत ७ गते

जोशी समाज येँ पुचको आयोजनामा न्यातपोल सम्पदा यात्रा हुने भएको छ । भक्तपुरको विश्वप्रसिद्ध पाँचतल्ले मन्दिर (न्यातापोल) मन्दिरको विशेषतालाई संसारसमक्ष झल्काउने उद्देश्यका साथ चैत ७ गते शनिबार यात्रा हुन लागेको आयोजकले जनाएको छ ।

मन्दिर ३२२ वर्षअघि बनेको ऐतिहासिक मन्दिर हो । पाँचतले (न्यातपोल) मन्दिर केवल अद्वितीय वास्तुकला मात्र होइन, दूरदर्शी योजना, अनुशासन र सामूहिक श्रमको अनुपम उदाहरण हो ।  

६ महिनामै सम्पन्न भएको यसको निर्माणको रहस्यमय राज, ऐतिहासिक तथ्य र प्रेरणादायी सन्देशलाई नजिकबाट बुझ्ने अवसरका लागि यात्राको आयोजना हुन लागेको आयोजकको भनाई हो ।

यो विशेष सम्पदा यात्रा हो, जसको उद्देश्य हाम्रो सम्पदा, इतिहास र सांस्कृतिक गौरवलाई अध्ययन गर्दै नयाँ पुस्तामा जागरण र प्रेरणा फैलाउनु हो, आयोजकको भनाइ छ ।

न्यातपोल निर्माणसँग सम्बन्धित रहस्य र व्यवस्थापनको सिद्धान्तलाई जीवनमा लागू गर्न सके हरेक काममा सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रेरणा यस यात्राबाट प्राप्त हुने विश्वास गरिएको छ ।

जीवनमा लक्ष्य, अनुशासन, नेतृत्व र सफलताको मार्ग सिक्न चाहने सबैका लागि यो यात्रा अत्यन्तै उपयोगी र प्रेरणादायी हुने विश्वास पनि गरिएको छ । यात्रामा सहभागी भएर इतिहास, संस्कृति र प्रेरणाले भरिएको यस विशेष सम्पदा यात्राको हिस्सा बन्न सबैमा अनुरोध गरिएको छ ।  

 

प्रकाशित: १४ फाल्गुन २०८२ १६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App