१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

नव जनजागृतिको ५-०को फराकिलो जित

एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत बुधबार भएको खेलमा  नवजन जागृति युवा क्लबले टाइगर्स क्लबलाई ५–० ले हराएको छ । विजयी टोलीका विजय उरन्व, प्रताप सिंह राई, सुजन डङ्गोल, प्रताप सिंह राई र पूजन थापाले गोल गरे । प्रताप सिंह प्लेयर अफ द म्याच समेत घोषित भए ।

अर्को खेलमा गाईघाट फुटबल क्लब र हैरान्स क्लबको बिचमा २–२ गोलको बराबरी भयो ।   सो खेलको पहिलो हाफमा सुदिप श्रेष्ठ र विश्व उदासको गोलमा गाईघाटले अग्रता लिएको थियो । दोस्रो हाफमा हैरान्सका अनीश महर्जनले दुवै गोल गरे । उनी प्लेयर अफ द म्याच घोषित भए ।  

२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १ ० टोलीको सहभागिता छ  । सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोर्ट्स क्लब, हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन् ।  

लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।  

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुनेछ ।

प्रकाशित: २६ कार्तिक २०८२ २१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App