१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

अस्ट्रेलियाको सेमिफाइनल सम्भावना कायमै

ग्लेन म्याक्सवेलको अविजित अर्धशतकीय इनिङप्रेरित अस्ट्रेलियाले शुक्रबार अफगानिस्तानमाथि रोमाञ्चक जित निकाल्दै ट्वान्टी–२० विश्वकपको सेमिफाइनल सम्भावना कायमै राखेको छ।

यो जितका बावजुद आयोजक एवम् डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाउन इङ्ल्यान्डको अन्तिम खेलमा हारको कामना गर्नुपर्नेछ। इङ्ल्यान्डले शनिबार श्रीलंकासँग पराजय बेहोर्दा मात्र अस्ट्रेलिया सेमिफाइनलमा पुग्छ। चिर परिचित प्रतिद्वन्द्वी इङ्ल्यान्डको जितले भने जारी विश्वकपमा अस्ट्रेलियाको यात्रा टुङ्गिनेछ। यसै समूहबाट आफ्नो अन्तिम खेलमा आयरल्यान्डमाथि एडिलेडमा जित निकाल्दै न्युजिल्यान्ड अन्तिम चारमा पुगिसकेको छ र अब इङ्ल्यान्ड या अस्ट्रेलियामध्ये एक टोलीले अन्तिम चारमा स्थान बनाउनेछ।  

अफगानिस्तानसँग ४ रनको साँघुरो जित मात्र सम्भव भएपछि अस्ट्रेलियाको सेमिफाइनल यात्रा थप कठिन बन्न पुग्यो। यद्यपि, म्याक्सवेलले ३२ बलमा ५२ रन जोड्दा अस्ट्रेलियाले आठ विकेट गुमाउँदै १ सय ६८ रनको योगफल बनायो। जबाफमा घरेलु टोलीका बलरले उक्त लक्ष्य रक्षा गर्दै अफगानिस्तानलाई १६४÷७ मा रोके। रासिद खानले २३ बलमा ४८ रनको आक्रामक इनिङ खेले पनि जित दिलाउन भने सकेनन्। अन्तिम ओभरमा अफगानिस्तानलाई २२ रन आवश्यक थियो। तर, रासिदले १६ रन बटुल्दै जितनजिक पु¥याए पनि अफगानिस्तानको जित सम्भव भएन। ‘हामी अब केही आशा बोक्दै त्यो निर्णायक खेल हेर्छाैं,’ कार्यवाहक कप्तान म्याथ्यु वेडले  

सिड्नीमा इङ्ल्यान्डको खेलबारे भने, ‘त्यो खेलबाट हाम्रो आगामी यात्रा रोकिँदैन भन्ने केही आशा छ।’ नियमित कप्तान आरोन फिन्चको चोटका कारण उनले कप्तानीको जिम्मेवारी पाएका हुन्। त्यसअघि नविन उल हकले शीर्ष क्रमका डेविड वार्नर (२८ रन) र स्टिभ स्मिथ (४ रन) लाई एकै ओभरमा आउट गरेपछि अस्ट्रेलिया दबाबमा प¥यो। उनले ३÷२१ को यादगार प्रदर्शन गरे। वार्नरले तेस्रो ओभरमा मुजिब उर रहमानलाई लगातार तीन चौका हिर्काउँदै राम्रो सुरुआत दिलाए। तर, फजलहक फारुकले अर्का ओपनर क्यामरुन ग्रिनलाई ३ रनमै पवेलियन फर्काए। त्यसपछि आएका मिचेल मार्सले ३० बलमा ४५ रन जोड्दै इनिङ उकास्ने प्रयास गरे। त्यसैबीच नविनले वार्नरलाई आउट गर्दै अस्ट्रेलियाको लग तोडे। लगत्तै स्मिथलाई पनि आउट गरे। फारुकले पनि दुई विकेट लिए। स्पिनर मुजिबले आक्रामक देखिएका मार्सलाई पनि पवेलियन फर्काए।

प्रकाशित: १९ कार्तिक २०७९ ०३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App