२१ माघ २०८२ बुधबार
image/svg+xml
खेल

यू-२० एएफसी महिला छनोट: नेपाल समूह ‘बी’मा

 एएफसी यू–२० महिला एसियन कप छनोटको पछिलो चरणमा नेपाल समूह (बी) मा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार खेलतालिका सार्वजनिक गरेको हो।

यस समूहमा नेपालसँगै युएई, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ।  यस समूहको छनोट खेल प्यालेस्टाइनले आयोजना गर्नेछ। छनोटका खेलहरु २०२३ मार्च ४ देखि १२ सम्म हुनेछ। छनोटमा सहभागी आठ टोलीका समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन्।

दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ। जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ। उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ।  यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित: १७ कार्तिक २०७९ ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App