१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पुरुष भलिबल: अपराजित एपिएफ क्वार्टरफाइनलमा प्रवेश

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागिय टोली एपीएफ क्लवले अपराजित यात्रालाई आइतबार पनि निरन्तरता दिँदै समूह विजेताको रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो। पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २५–१८ ले जितेको थियो। तेस्रो सेट २५–१० ले जित हात पारेर एपीएफले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो।

यस समूहबाट क्वाटरफाईनल पुग्ने अर्को टोलीको टुङ्गो भने सोमवार हुने सुदूरपश्चिम प्रदेश र एनआरएनए बीचको खेलपछि लाग्नेछ। लिग कम नकआउटको आधारमा भइरहेको प्रतियोगितामा एपीएफले शतप्रतिशत जितसँगै ६ अंक जोडेको छ। प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्नेछन्। पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ।

प्रकाशित: ३० आश्विन २०७९ ११:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App