१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सेपाकताक्रोको उदघाटन खेलमा नेपाली सेना विजयी

पूर्वी नवलपरासीमा सुरु सेपाकताक्रोमा नेपाली आर्मीले विजयी सुरुवात गरेको छ। नेपाली सेना र प्रदेश नं १ बीच भएको पुरुष डबलमा नेपाली सेनाले प्रदेश १ एकलाई २–० को सेटमा हराएको हो। सेनाले पहिलो सेट २१–१२ र दोस्रो सेटमा २१–१७ को अंकले प्रदेश नं. १ लाई हराएको हो।

सेपाकताक्रो खेलमा महिला र पुरुषतर्फ ९८ खेलाडीले भाग लिएका छन्। महिला र पुरुषको फरक–फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाताक्रो खेलमा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका टिमले भाग लिएका छन्।

शनिबार बिहान भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १४–७ अंकले पराजित गरेको हो।आर्मीको जितमा जेनिसा श्रेष्ठले ८ अंक जोडेकी थिइन्। यस्तै, बाग्मती प्रदेशले मधेस प्रदेशलाई फराकिलो अन्तरसहित जित हासिल गरेको छ।

खेलमा बागमतीले मधेस प्रदेशलाई १४–२ अंकले पराजित गरेको हो। बागमती प्रदेशको जितमा आस्था चौधरीले ८ अंक जोडेकी थिइन्।

प्रकाशित: २९ आश्विन २०७९ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App