४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

ब्याटिङमा फेरि निराशा

कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनका बावजुद ब्याटरले पुनः एक पटक निराशाजनक प्रदर्शन गरेसँगै एक खेल अगावै केन्याविरुद्धको पाँच ट्वान्टी २० शृंखला जित्ने नेपालको लक्ष्य अधुरै भएको छ।

सोमबार नौरोबीस्थित जिमखाना मैदानमा सम्पन्न चौथो खेल जितेको खण्डमा नेपालले एक खेलअगावै शृंखला ३–१ ले आफ्नो पक्षमा पार्ने थियो। तर चौथो खेलमा केन्यालाई ७ रनको नतिजा सुम्पिएसँगै शृंखला २–२ को बराबरीको स्थितिमा पुगेको छ। शृंखलाको निर्णायक खेल आज हुनेछ।

घरेलु टोली केन्याले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई मात्र ९४ रन जोड्यो। नेपालका रोहित पौडेलले सर्वाधिक ४७ रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन्।

पहिलो ओभरको पहिलो बलमै ओपनर पवन सर्राफ डकआउट भएपछि नेपालको सुरुआत निराशाजनक भएको थियो। थप १२ रन जोड्ने क्रममा नेपालले पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र अर्का अ‍ेपनर अर्जुन साउदलाई गुमाएको थियो। आइतबार तेस्रो खेलमा ४६ रन जोडेका ज्ञानेन्द्रले चौथो खेलमा भने मात्र ६ रन जोडे। त्यस्तै आइतबार डेब्यु खेलमा ३१ बलमा ३५ रन जोड्दै उत्कृष्ट सुरुआत गरेका अर्जुनले पनि मात्र ६ रन जोड्न सके।

१३–३ को स्थितिमा रहेको नेपालको इनिङ चौथो विकेटका लागि रोहित र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले २६ रनको साझेदारीका साथ उकास्ने प्रयास गरेका थिए। तर दीपेन्द्र आठौं ओभरको दोस्रो बलमा पबेलियन फर्किएपछि नेपालमाथिको दबाब थपिएको थियो। दीपेन्द्रले पनि मात्र ६ रन जोडे। त्यसपछि ब्याटिङका लागि आएका आरिफले पनि मात्र २ रन जोडे भने सोमपाल कामीले रन खाता खोल्न सकेनन्। ४५–६ को स्थितिमा ब्याटिङका लागि आएका आदिलसँग रोहितले सातौं विकेटका लागि २१ रनको साझेदारीका साथ नेपालको इनिङ सम्हाल्ने संकेत गरेका थिए। तर आदिल पनि ८ रनमा पवेलियन फर्किएपछि भने नेपालको जित सम्भावना न्यून बनेको थियो।

नेपाललाई जितका लागि अन्तिम ओभरमा २४ रनको आवश्यकता थियो। १९औं ओभर लिएर आएका ओबुयाको पहिलो बलमा रोहित पौडेल र दोस्र्रो बलमा सन्दीपले समान १ रन जोडे। तेस्रो बलमा छक्का प्रहार गरेका रोहितले चौथो बलमा कुनै रन जोडेनन्। सोही ओभरको पाँचौं बलमा चौका प्रहार गरेका रोहितले अन्तिम बलमा १ रन लिए।

अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहँदा नेपालले ४ रन मात्र जोड्न सक्यो। अन्तिम ओभर लिएर आएका राकिप पटेलको सुरुआती चार बलमा रोहित र सन्दीपले ४ रन जोडेका थिए। पाँचौं बलमा पटेलले रोहितलाई क्याच गराउँदै पवेलियनको बाटो देखाएपछि भने नेपालको जित सम्भावनामा पूर्णविराम लागेको थियो।

रोहितले ५५ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए। यसअघि टस जितेर ब्याटिङ रोजेको केन्या निर्धारित २० ओभरमा मात्र १ सय १ रनमा सीमित भएको थियो। केन्याका लुकास ओलुचले १८ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ३३ रन जोडे भने कप्तान सिम एनगोचेले १३ रन जोडे। अन्य कुनै पनि ब्याटरको प्रदर्शन उल्लेख्य रहेन। केन्यालाई सामान्य योगफलमा सीमित पार्ने क्रममा सन्दीपले ९ ओभरमा ९ रन खर्चंदै ५ विकेट लिएका थिए भने आदिलले २ तथा साहब आलम र दीपेन्द्रले समान १ विकेट लिए।का रोहित पौडेलले सर्वाधिक ४७ रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन्।

प्रकाशित: १४ भाद्र २०७९ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App