७ वैशाख २०८१ शुक्रबार
खेल

‘फुल आइरन म्यान’ प्रतिस्पर्धामा गुल्मीका खत्री

जर्मनीको फ्य्रांकफर्टमा आयोजित ‘आइरन म्यान ट्रायथलन’ प्रतियोगितामा ‘फुल आइरन म्यान’ का लागि नेपालका आलोक खत्री सहभागी भएका छन्। यो प्रतियोगितामा भाग लिने उनी पहिलो नेपाली खेलाडी हुन्।

यसअघि खत्रीले सन् २०१९ मा मलेसियाको लांकाभीमा आयोजित प्रतियोगितामा सहभागी भएर ‘आइरन म्यान ७०.३ रेस (हाफ आइरन म्यान)’ पूरा गरेका थिए। यसपटक जर्मनीको फ्य्रांकफर्टमा आयोजित प्रतियोगितामा ‘फुल आइरन म्यान’ का लागि उनी सहभागी भएको जानकारी आमा विष्णु खत्रीले दिइन्।

‘फुल आइरन म्यान’ का लागि एकै दिन चार किलोमिटर समुद्र/तालमा पौडी, १८० किलोमिटर बाइक रेसर ४२ किलोमिटर रेस पूरा गर्नुपर्छ। यी सबैमा उत्कृष्ट हुनेलाई ‘फुल आइरन म्यान’ उपाधि प्रदान गरिन्छ। एकदिने कठिन रेसका रूपमा लिइने यो प्रतियोगिता आइतबार सुरु भएको छ।

गुल्मीका खत्रीले यो प्रतियोगिताका लागि नौ महिनादेखि नेपाल र भारतका प्रशिक्षकबाट प्रशिक्षण लिएका हुन्। कुनै पनि चिज सम्भव छ भन्ने कुरालाई मानवजीवनमा चरितार्थ गर्न विश्वभरिका पाँच हजार खेलाडी यो प्रतियोगितामा सहभागी भएका छन्।

प्रकाशित: १३ असार २०७९ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App