coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

तेस्रो प्रो. गल्फ उपाधिनजिक सुवास

सुवास तामाङले दुई स्ट्रोकको अग्रतासहित बुधबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको फाइनल चरणमा स्थान बनाएका छन्।

सूर्य नेपाल गल्फ टुर २०२१–२२ को सातौं प्रतियोगिता अन्तर्गत च्याम्पियनसिपमा शीर्ष स्थानका सुवासले प्रोफेसनल गल्फर भुवन नगरकोटीमाथि अग्रतासहित ट्रफीको दाबेदारी प्रस्तुत गरेका हुन्। तेस्रो दिन तीन अन्डर ६९ को प्रदर्शनसहित एमेच्योर गल्फर सुवासले समग्रमा १५ अन्डर २ सय १ बटुले। भुवनले भने समग्रमा १३ अन्डर २ सय ३ स्कोर कार्ड बटुल्दै एमेच्योर सुवासलाई पछ्याएका छन्। भुवनको तेस्रो दिन एक अन्डर ७१ को प्रदर्शन रह्यो। बिहीबार अन्तिम दिन कुल १८ होलमा प्रतिस्पर्धा हुनेछ।

अन्तिम चरणमा पनि सुवासले स्वाभाविक लय जारी राखे प्रोतर्फ तेस्रो उपाधि उचाल्नेछन्। एमेच्योर गल्फर च्याम्पियन भएमा प्रो. गल्फरले विजेता बापत एक लाख ३५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगितामा दोस्रोले ८८ हजार र तेस्रोले ६५ हजार नगद पुरस्कार पाउनेछन्। प्रतियोगितामा शुक्रबहादुर राई तेस्रो स्थानमा रहँदा समग्रमा आठ अन्डर २ सय ८ स्कोरमा छन्। शुक्रले एक अन्डर ७१ को प्रदर्शन गर्दै तेस्रो दिन पूरा गरे।

कुल ५४ होलको खेल सकिँदा रवि खड्काले चौथो स्थान ओगटे। इभन पार ७२ मा रहेर तेस्रो दिन सकाएका रवि समग्रमा ६ अन्डर २१० स्कोरमा रहे। १५ वर्षे एमेच्योर गल्फर सद्भाव आचार्यले बुधबार तीन ओभर ७५ को बिर्सनलायक प्रदर्शन सामना गरेपछि अनुभवी खेलाडीलाई चुनौती दिने अवसर गुमाए।

अघिल्लो दिन उनी सात ओभर १३७ स्कोरमा थिए  तर, तेस्रो दिन सद्भावको प्रदर्शन निराशाजनक रह्यो र उनी कुल चार अन्डर २ सय १२ मा खुम्चिए। दिनेश प्रजापतिले पनि तेस्रो दिन एक ओभर ७३ को खराब प्रदर्शन गरे। यससँगै उनी कुल दुई अन्डर २ सय १४ स्कोरका साथ छैटौं स्थानमा रहे। त्यस्तै नीरज तामाङ, जयराम श्रेष्ठ, धनबहादुर थापा र रमेश अधिकारी पनि समान इभन पार २ सय १६ मा छन्। तेस्रो दिन नीरजले दुई अन्डर ७० को प्रदर्शन गर्दा रमेशले भने सात ओभर ७९ को खराब नतिजा सामना गरे।

धन र जयराम भने समान इभन पार ७२ मा रहे। सन्जय लामा कुल एक ओभर २१७ का साथ ११औं स्थानमा रहे। उनले एक अन्डर ७१ बटुल्दै तेस्रो दिन पूरा गरे। च्याम्पियनसिप ट्रफीका लागि राम्रो दाबेदारी प्रस्तुत गरेका सुवासले फ्रन्ट नाइनमा एक अन्डर ३५ बनाए। यस क्रममा उनले तेस्रो र छैटौं होलमा बर्डी प्रहार गरे। त्यसअघि दोस्रो होलमा भने सुवासले बोगी सामना गर्नपरेको थियो। लगातार तीन होलमा बर्डीका साथ ब्याक नाइन सुरु गरेका सुवासले १५औं र १६औं होलमा पनि सोही सफलता दोहोर्‍याए।

यद्यपि, १४ होलमा डबल बोगी र अन्तिम होलमा बोगी सामना गरेपछि सुवास दुई अन्डर ३४ मा खुम्चिए। फ्रन्ट नाइनमा एक अन्डर ३५ मा रहेका भुवन भने ब्याक नाइनमा इभन पार ३६ रहे। भुवनले फ्रन्ट नाइनमा दुई बर्डी र एक बोगी सामना गरे। ब्याक नाइनको ११औं र १२औं होलमा बर्डीको सफलता पाएका भुवनले १६औं होलमा डबल बोगी सामना गरेपछि इभन पार ३५ मा खुम्चिए। शुक्रले भने फ्रन्ट नाइनमा दुई अन्डर ३४ र ब्याक नाइनमा एक ओभर ३७ मा रहे। यस प्रतियोगिता शीर्ष २१ गल्फरले नै नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: २९ वैशाख २०७९ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App