६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

राजविराज र विरगञ्ज विजयी

विराटनगर जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा राजविराज नगरपालिका र विरगञ्ज महानगरपालिका विजयी भएका छन्।

विराटनगर–१९ स्थित झापा वैजनाथपुरको खेल मैदानमा बिहिबार सम्पन्न खेलमा राजविराजले जनकपुरधाम उपमहानगरपालिका र विरगञ्जले विराटनगर महानगरपालिलाई पराजित गरेको हो।

पहिलो खेलमा सप्तरीको राजविराजले जनकपुरलाई ६ रनले पराजित गरेको छ। राजविराज समूह ए को विजेता भएको छ। टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ८१ रनको झिनो स्कोर खडा गरेको थियो।

राजविराजकालागि म्यान अफ द म्याच विकाश दासले १४ बलमा २ छक्का र १ चौका प्रहार गरि २३ रनबनाउँदा अमित यादवले १४ रन र अभिशेक कार्कीले १३ रन बनाए। जनकपुरका हरिशंकर साहले ३ विकेट लिँदा साइमन राँयले २ विकेट लिए।

८२ रनको झिनो रनको लक्ष पाएको जनकपुरले पुरै ओभर खेल्दै ७ विकेट गुमाई ७५ रनमा सिमित भयो। जनकपुरकालागि अकबर अलिले ३९ रन जोड्दा हिमाञ्सु दत्तले १३ रन जोडे। राजविराजका नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले ४ ओभरमा १३ रन दिएर २ विकेट लिँदा विश्वधारी बलर महबुव आलम, अनिल यादव र रोहित सिंहले १–१ विकेट लिए।

दोस्रो खेलमा  विरगञ्जले विराटनगरलाई ५ विकेटले पराजित गरेको छ। जित पछि विरगञ्ज समूह वि को विजेताको रुपमा सेमिफानलमा प्रवेश गरेको छ। टस जितेर ब्याटिङ गरेको विराटनगरले कप्तान सिद्धान्त लोहनीको आक्रमक ब्याटिङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रनको विशाल स्कोर खडा गरेको थियो।

विराटनगरका लागि लोहनीले २८ बलमा २ छक्का र ४ चौका प्रहार ४५ रन बनाउँदा दिपक पासवानले २८ रन बनाए। विरगञ्जका लागि  इमरान शेखले ३ विकेट लिँदा भुलवान सहनीले २ विकेट लिए। १ सय ४५ रनको विशाल लक्ष पाएको विरगञ्जले १७ दशमलव ४ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष भेट्टाएको थियो।

विरगञ्जका लागि म्यान अफ म्याच तिर्थराज दासले ४० बलमा २ टक्का र ४ चौका प्रहार गर्दै ५२ रनको ठोस इनिङ खेले। त्यस्तै सोनु अन्सारीले ३६ रन बनाए। विराटनगरमा मुकुन्द यादवले ४ ओभरमा २२ रन दिएर ४ विकेट लिँदा मेहबुबबाबु इराकीले १ विकेट लिए।

प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागि भएका छन्।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफि तथा उपविजेताले नगद ५१ हजार ट्रफि पाउँने छन्। ६ टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटको अधारमा खेलाइएको छ। समूहको टप दुई टिम सेमिफाइनलमा पुग्ने पुगने छन्।

चेत्र २६ गतेसम्म हुने प्रतियोगित सम्पन्न गर्न करिव १३ लाख खर्च हुने आयोजकले जनाएको छ। शुक्रबारको पहिलो सेमिफाइनल विराटनगर र राजविराज तथा दोस्रो सेमिफाइनल खेल जनकपुर र विरगञ्जबीच हुने आजोजकले जनाएको छ।

प्रकाशित: २४ चैत्र २०७८ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App