८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता सुरु

भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा बुधबारदेखि भक्तपुरमा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ सुरु भएको छ। 

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति तथा विशेष अतिथिहरुले ब्याडमिन्टन खेलेर गरेका थिए। उद्घाटन कार्यक्रम सुरु हुनु अगाडि भक्तपुरको सूर्यमढी हुँदै लिबाली कभर्ड हलसम्म र्‍याली भएको थियो। प्रतियोगिता चैत १२ गतेसम्म हुने जनाइएको छ। प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ८ लिलालीस्थित लिबाली कभर्ड हलमा भइरहेको छ।  

प्रतियोगिता उदघाटनमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, भक्तपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक नबिन प्रजापति, रेफ्रीकातर्फबाट अनुपरत्न शाक्य र खेलाडीकातर्फबाट आयुष प्रजापतिले खेलको महत्वबारे चर्चा गरेका थिए।

प्रकाशित: ९ चैत्र २०७८ ११:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App