१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

एन्फा निर्वाचन समिति गठन

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको १६औं कार्यसमिति बैठकले जेठ दोस्रो साताका लागि तय निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ ।

सो समितिको संयोजकमा अधिवक्ता राम दवाडी छन् भने सह संयोजकमा अधिवक्ता रामचन्द्र गौतम र सदस्यमा अधिवक्ता दामोदर भट्टराई छन् । त्यस्तै वैकल्पिक सदस्यमा अधिवक्ता सरस्वती श्रेष्ठ र अधिवक्ता प्रीति कार्की रहेका छन् । एन्फा कार्यसमितिको निर्वाचन जेठ १५ का लागि घोषणा भइसकेको छ ।

त्यस्तै बैठकले निर्वाचन नियमावलीको प्रस्तावित मस्यौदा फिफा र एएफसीको निर्देशिका पालना गर्ने गरी पारित गर्ने निर्णयसमेत गर्‍यो । साथै बैठकले कोभिड १९ महामारीका कारण आर्थिक वर्ष २०७७–७८ का लागि १९औं साधरण सभाबाट अनुमोदित वार्षिक कार्यक्रमहरू स्थगित भएको हुँदा उक्त अनुमोदित बजेटलाई आर्थिक वर्ष २०७८–७९ को आर्थिक वर्षभित्र रकमान्तर गरी खर्च गर्ने निर्णय गर्‍यो ।

प्रकाशित: २१ माघ २०७८ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App