१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

डोटीको सायल गाउँपालिका –४ डौडमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

जिल्लाको सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुर्‍याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर शनिबार दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा ट्याकटर चालक कृष्णपुर नगरपालिका–२ झलारी कञ्चनपुर निवासी ४६ वर्षीय रामकृष्ण डगौराको मृत्यु भएको हाे। 

उनको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ असार २०८१ १५:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App