१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

बालकोटमा मन्त्रीहरूसँग छलफल गर्दै ओली

सत्ता गठबन्धनको काँध फेरको चार महिनामै सत्तारुढ दलभित्र खटपट सुरु भएको छ।

सत्तामा खटपट आएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक सकिएपछि बालकोट बोलाएका छन्।

तर एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले उनीहरुलाई बालकोट बोलाएको बारे आफूलाई जानकारी नभएको बताए। ‘मलाई जानकारी छैन, हल्ला मात्रै हो’ उनले भने।

तर एमालेका एक पदाधिकारीले मन्त्रिपरिषद्को बैठक सकिएपछि बालकोटमा सामान्य छलफलका लागि बोलाएको बताए। ‘पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको काम कारबाहीबारे जानकारी लिन बोलाइएको हो’, ती पदाधिकारीले भने।

साँझ ६ बजेका लागि बोलाइएको भएपनि केही समय ढिला हुने उनले बताए। अध्यक्ष ओलीकै कारण मन्त्रिहरुसँगको भेटघाटलाई केही पछि सारिएको छ।

कांगेस एमालेबिच सत्ता सहकार्य हुने हल्ला चलिरहेका बेला मन्त्रीहरूलाई बालकोटमा बोलाएपछि शङ्काको सुई बढेको छ। शनिवार एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको थियो। सो भेटघाटलाई लिएर राजनीतिक वृत्त तरङ्गित बन्दै आएको छ।

सोमबार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेपछि यो वर्ष आफूलाई प्रधानमन्त्री बन्छु जस्तो नलागेको बताएका थिए।

सरकारमा रहेका प्रधानमन्त्री र ओलीबिच शुक्रबार आइतबार र सोमबार तीन दिन लगातार छलफल भएको थियो। ओली र देउवाबिच शनिवार मात्रै भेटघाट भएको हो।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग कांग्रेसले आफूलाई प्रधानमन्त्री प्रस्ताव गरेको विषयमा जानकारी गराइसकेका छन्। कांग्रेस र एमालेबीच सहकार्य भएमा नेकपा माओवादी प्रमुख प्रतिपक्षीका रुपमा रहनेछ।

प्रकाशित: १७ असार २०८१ १८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App