१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कार्की फ्रान्स जाँदै

नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की सोमबार फ्रान्सको नोर्मेन्डी जाने भएका छन्।

त्यहाँ हुने १९औं आइएसएफ जिम्नासाइड स्कुल समर गेम्सको भौतिक पूर्वाधार, प्राविधिक र व्यवस्थापनलगायत पक्षको निरीक्षण गर्न कार्की फ्रान्स जान लागेका हुन्। कार्की फेब्रुअरी १ देखि ७ तारिखसम्म फ्रान्समा रहनेछन्। कार्की आइएसएफअन्तर्गत टेक्निकल कमिसन कोओर्डिनेटर तथा तेक्वान्दोका प्राविधिकसमेत हुन्।

गेम्स मे १४ देखि २२ तारिखसम्म फ्रान्समै हुँदै छ। २० खेल समावेश गेम्समा नेपालले ८–१० खेलमा सहभागिता जनाउने कार्कीले जनाएका छन्। त्यसमा तेक्वान्दो, पौडी, टेबल टेनिस, डान्स स्पोर्ट्स, बास्केटबल र ब्याडमिन्टनमा नेपालको सहभागिता टुंगो लागिसकेको कार्कीले जानकारी गराए।

कार्कीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलगायतले सिंहदबारमा आयोजित एक कार्यक्रमबीच शुक्रबार बिदाइ गरे।

प्रकाशित: १५ माघ २०७८ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App