८ वैशाख २०८१ शनिबार
खेल

फुटबल प्रशिक्षकको तालिम सुरु

विराटनगरमा ४ दिने फुटबल प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ। बिहीबारदेखि सुरु भएको तालिम आइतबार समापन हुनेछ। मोरङ जिल्ला फुटबल संघको सहकार्यमा अखिल नेपाल फुटबल संघ(एन्फा)ले आयोजना गरेको ‘डि’ लेबलको लाइसेन्स तालिमको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली असल प्रशिक्षक बन्ने पहिलो खुड्किला राम्रोसँग चढ्न आग्रह गरे।  

असल र उत्कृष्ट प्रशिक्षक बन्ने पहिलो खुड्किलो भएकाले सबै सहभागीहरुलाई शुभकामनाका दिँदै, प्रमुख पराजुलीले भने, ‘एउटा खेलाडीले राम्रो प्रशिक्षक बनेर महŒवपूर्ण भूमिका खेल्न सक्छ।’ कोरोना महामारीबाट खेल र खेलाडी केहीपछि धकेलिए पनि राज्यले खेलाडी उत्पादन गर्नुपर्छ। राज्यले खेलकुदलाई विशेष प्राथमिकतामा अझसम्म पनि राख्न सकेको छैन। उनले भने, ‘खेल र खेलाडीलाई निजी क्षेत्रले पनि सहयोग गर्नुपर्ने हुन्छ। निजी क्षेत्रसँग सहकार्य गर्दै खेलाडीलाई व्यवसायी बनाउनु जरुरी रहेको छ।’

मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमालले मोरङमा पहिलोपटक तालिम आयोजना गरिएको बताए। कोचको माध्यमबाट फुटबल क्लबलाई चुस्त बनाउन सक्ने बताउँदै, धिमालले भने, ‘खेलकुदलाई स्थानीय तहले प्रोत्साहन गर्न जरुरी रहेको छ।’ सो अवसरमा एन्फाका पूर्व मानार्थ उपाध्यक्ष तथा वरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानियाँ, एन्फाका पूर्व सहमहासचिव वसन्त अर्याल, महिला फुटबल टिमकी पूर्व कप्तान तथा एसएसपी मीरा चौधरी, पूर्व खेलाडी देवनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो।  

‘डि’ लाइसेन्सका लागि ३७ जनाको सहभागिता रहेको छ। मोरङबाट २७, खोटाङबाट २, धनकुटाबाट २, इलाम, ताप्लेजुङ, सुनसरी, तेह्रथुम, काठमाडौँं र उदयपुरबाट १–१ जनाको सहभागिता रहेको बताइएको छ। उक्त प्रशिक्षणमा एन्फाका हेड अफ कोच एजुकेसन संजित सिंह र एन्फाका हेड अफ इलिट युथ नवीन महर्जनले सहजीकरण गरेका छन्।

प्रकाशित: ३१ भाद्र २०७८ ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App