७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज, कीर्तिमान कायम गर्दै किरण

नेपाल र भारतको राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ। साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो।  

बिहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको अग्रतालाई नेपालले जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो। ३६औं मिनेटमा अन्जनले नेपाललाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा भारतका अनिरुद्र थापाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङ आइतबारको खेल खेलेमा नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन्। उनले बिहीबार खेल्दै पूर्व कप्तान विराज महर्जनको ७३ खेलको कीर्तिमानसँग बराबरी गरेका थिए। आइतबार मैदान उत्रिए उनले ७४ औं क्यापसँगै कीर्तिमान आफ्नो नाम गर्नेछन्।

प्रकाशित: २० भाद्र २०७८ ०५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App