२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

सदस्यसचिवसहित एकैपल्ट ६ सदस्य रिक्त

नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा सदस्यसचिवसहित एकैपल्ट ६  सदस्य रिक्त भएको छ।

मंसिर १२ गते नेपाली खेलकुदको कार्यकारी निकाय राखेपमा सदस्यसचिव टंकलाल घिसिङसहित ६ सदस्यले चार वर्षे कार्यकाल पूरा गर्दै बिदा हुँदै छन्। २०७८ साल मंसिर १३ गते सदस्यसचिवमा घिसिङ, बोर्ड सदस्यमा अञ्जन धमला, विना श्रेष्ठ, दीपेन्द्र विष्ट, जनक बर्तौला, प्रकाशकुमार कुसारी र मोहम्मद फाजिल नियुक्त भएका थिए।

शुक्रबार राति उनीहरू सबैले चार वर्षे कार्यकाल पूरा गरे। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार एक कार्यक्रमका बीच घिसिङसहित सबै सदस्यलाई बिदाइ गरेको छ। राखेप कर्मचारी संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र राष्ट्रिय खेल संघलगायतले प्रशंसापत्र हस्तान्तरण गर्दै सदस्यसचिव घिसिङलाई बिदाइ गरेका थिए।

सो अवसरमा मिसन–२०२६ मा रहेका खेलाडी र प्रशिक्षकलाई पनि किट्स वितरण गरिएको थियो। सदस्यसचिव घिसिङले आफ्नो चार वर्षे कार्यकालमा अभूतपूर्व सफलता हासिल गर्न सहयोग गरेकोमा खेलाडीलाई धन्यवाद दिए। त्यसअघि युवा तथा खेलकुद मन्त्रालयले राखेपका सदस्यसचिव घिसिङलाई बिदाइ गरेको थियो।

राखेपका अध्यक्ष माननीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सचिव डा. हरिप्रसाद लम्सालले सदस्यसचिव टंकलाल घिसिङलाई मायाको चिनो प्रदान गरी बिदाइ गरे। सो अवसरमा सदस्यसचिव घिसिङले आफ्नो चार वर्षे कार्यकालको प्रतिवेदन र राखेपले प्रकाशन गरेको पुस्तक हस्तान्तरण गरेका थिए।

प्रकाशित: १३ मंसिर २०८२ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App