१ वैशाख २०८३ मंगलबार
image/svg+xml
खेल

कोहलीले जिताए भारतलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आइतबार दोस्रो ट्वान्टी–२० क्रिकेटमा इङ्ल्यान्डमाथि जित निकालेसँगै आफ्नो लयबारे टिम व्यवस्थापकसँग छलफल भएको बताएका छन्।

कप्तान कोहलीकै अविजित ७३ रनको प्रेरणाबाट भारतले अहमदाबादमा पाहुना टोली इङ्ल्यान्डमाथि ७ विकेटको जित निकालेपछि उनको त्यस किसिमको भनाइ आएको हो। यो जितसँगै भारतले पाँच खेलको ट्वान्टी–२० शृंखलामा १–१ को बराबरी गरेको छ। इङ्ल्यान्ड कप्तान इयान मोर्गानले पहिलो खेलमा हारपश्चात् भारतले आफ्ना सबै हतियार निकालेको बताएका थिए। कोहली र डेब्युटेन्ट ईशान किसनले दोस्रो विकेटका लागि गरेको ९२ रनको साझेदारीबाट भारतले १ सय ६५ रनको लक्ष्य १७.५ ओभरमै भेट्टाएको थियो। दर्शकसहितको अहमदाबादमा २२ वर्षे ईशानले ३२ बलमा ५६ रनको आक्रामक इनिङ खेलेका थिए।

यद्यपि, उनी लगातार बाउन्ड्री प्रहार गर्ने चक्करमा अदिल रसिदको बलमा एलबिडब्लु आउट हुन पुगे। यसअघि पाँच अन्तर्राष्ट्रिय खेलमध्ये तीनमा खाता खोल्न नसकेका कप्तान कोहलीले यस खेलमा भने समालिएर ब्याटिङ गरेका थिए। यस क्रममा उनले पाँच चौका र तीन छक्का हिर्काए। ‘आज मैले नियमित आफ्नो ब्याटिङतर्पm मात्र ध्यान दिएँ,’ ट्वान्टी–२० मा तीन हजार रनको आकडा पार गर्ने पहिलो ब्याट्सम्यान कोहलीले भने। ‘मेरो व्यवस्थापकले पनि मेरो लयका बारेमा छलफल गरेका थिए,’ कोहलीले थपेका छन्। उनले लयबारे थप प्रस्ट्याउन भने चाहेनन्।

विराटले खेलअगाडि दक्षिण अफ्रिकी भेट्रान ब्याट्सम्यान एबी डी भिलियर्ससँग पनि कुराकानी गरेको उल्लेख गर्दै बलिवुड स्टारसमेत रहेकी पत्नी अनुष्का शर्माले त्यस कुराकानीलाई ध्यानपूर्वक सुनेको बताए। ‘उनले (भिलियर्स) मलाई बलमा मात्र ध्यान दिन र अन्यबारे नसोच्न सुझाएका थिए। त्यहीअनुरूप मैले गरेँ,’ विराटले भनेका छन्। साथै कोहलीले निडरतापूर्वक प्रदर्शन गरेको भन्दै युवा ब्याट्सम्यानको तारिफसमेत गरेका छन्।  

इङ्ल्यान्डका बलरसामु करनले पहिलो ओभरमै ओपनर केएल राहुललाई खाता नखोल्दै पवेलियनको बाटो देखाउँदै भारतलाई ठूलो झड्का दिएका थिए।

यद्यपि, ईशान र कोहलीले इनिङ जोगाए। तथापि, कोहलीले १० रनमा जीवनदान पाएका थिए। विकेटकिपर जस बट्लरले कोहलीको क्याच छुटाएका थिए। बेन स्टोक्सले पनि ईशान ४० रनमा हुँदा क्याच छोडेका थिए। ऋषभ पन्तले १३ बलमा दुई चौका र दुई छक्काको मद्दतमा २६ रन जोडे। त्यसअघि वासिङ्टन सुन्दर र शार्दूल ठाकुरको दुई विकेट प्रेरणाबाट भारतले निर्धारित २० ओभरमा  

इङ्ल्यान्डलाई १६४–६ को स्थितिमा रोकेको थियो। इङ्ल्यान्डका ओपनर जेसन रोयले ४६ रन बनाउँदै दोस्रो विकेटका लागि डेविड मालन (२४ रन) सँग ६४ रनको साझेदारी गरेका थिए। पहिलो खेलमा ४९ रन जोडेका रोय सुन्दरद्वारा हुँदै यस पटक पनि अर्धशतकबाट चुके। कप्तान मोर्गनले २८ रन बनाउँदा जोनी बेयरस्टोले २० रन र स्टोक्सले २४ रन जोडे। ‘आजको विकेट केही सुस्त थियो। राम्रोसँग पनि टर्न भएन। हामीले पनि सुस्त विकेटमा त्यति खेल खेलेका छैनौं। साथै हामीले आफ्नो स्तरभन्दा तलको प्रदर्शन पनि गर्‍यौं,’ मोर्गानले भने।

प्रकाशित: ३ चैत्र २०७७ ०५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App