सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले आइतबार प्रथम खुला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्।
साइनो स्पोटर््स हलको आयोजनामा साङ्लास्थित साइनोको कभर्डहलमा सम्पन्न एकलको फाइनलमा प्रिन्सले एपिएफका दीपेश धामी र अनुमायाले आर्मीकै अमिता गिरीलाई हराउँदै उपाधि जितेका हुन्। पुरुष एकलतर्पm प्रिन्सले दीपेशमाथि २३–२१, २१–१८ को जित निकाल्दै हालै चितवनमा सम्पन्न प्रतियोगिताको फाइनलमा बेहोरेको हारको बदलासमेत लिए। यससँगै प्रिन्सले ५० हजार र दीपेशले ३० हजार रूपैयाँ नगदसहित ट्रफी प्राप्त गरे। यसै विधामा नेपाल पुलिस क्लबका विष्णु कटुवाल र आर्मीका रुकेश महर्जन संयुक्त रूपमा तेस्रो भएका थिए। दुवैले समान १० हजार रूपैयाँ पाए।
महिला एकलको फाइनलमा अनुमायाले आफ्नै क्लबकी अमितालाई २१–१०, २१–१७ को सोझो सेटमा हराउँदै उपाधि जितिन्। अनुमायाले ३० हजारसहित ट्रफी र अमिताले १५ हजार रूपैयाँ प्राप्त गरे। संयुक्त तेस्रो भएका एपिएफकी शोभा गौचन र धादिङकी तारा आलेले सात हजार ५ सय रूपैयाँ प्राप्त गरे। तारकेश्वर नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रतियोगिताको पुरुष युगलमा हिमालयन क्लबका विशाल बस्नेत र झापाका प्रनिश सिंह ठकुरीको जोडी च्याम्पियन भयो। विजेता जोडीले नगद ५० हजारसहित ट्रफी र उपविजेता जोडीले नगद ३० हजार रूपैयाँ पाए। पुरुष भेट्रान ४५ वर्षमाथि जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडीले सफलता प्राप्त ग¥यो।
प्रकाशित: २ चैत्र २०७७ ०३:१५ सोमबार





