१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

‘हुईया’को सम्झनामा फुटबल प्रतियोगिता हुँदै

बाँकेका स्टार फुटबलर अर्थात ‘हुईया’ पश्चिम नेपालको फुटबलमा चर्चित नाम हो । उनको खेल हेरेकाले अझै पनि तारिफ गर्न कन्जुस्याई गर्दैनन । श्याम थापा जस्तै उनी जन्मिएको गाउँ बाँकेको सैनिकमा फुटबल लोकप्रिय छ । उनको फुटबल करियरको सम्मान र योगदानलाई स्मरण गर्दै खजुराको सैनिकमा सोमबार देखी स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिता हुँदैछ । जसमा दुइ भारतका दुइ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन ।  

आयोजक जय किसान स्पोर्ट्स क्लबले प्रतियोगितामा भारत लखनउको सहारा एफसी र सहारा एकेडेमीले खेल्ने पक्का भएको बतायो ।  

जय किसान स्पोर्ट्स क्लबका वरिष्ठ सल्लाहाकार रमेश थापाले खेलाडीको सम्मान र योगदानलाई कदर गर्दै प्रतियोगिता आयोजना गर्न लागेको बताए ।  

उनले भने, ‘क्लबले सैनिक क्षेत्रमा विभिन्न सामाजिक काम गर्दै आएको छ । खेलकुदका प्रतियोगितामा हामीले गर्दै आएका छौं । तर यसपटक हुईयाको सम्झनामा प्रतियोगिता गर्न पाउँदा हामी खुसी छौं । यसले खेलाडीको सम्मानलाई थप गर्विलो बनाउँछ । उहाँले यस क्षेत्रको फुटबल खेललाई विकास गर्न गरेको योगदानको पनि सही अर्थमा कदर हुनेछ भन्ने लागेको छ ।’  

प्रतियोगितालाई बाँके–बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ । रोजगारीको सिलशिलामा जापानमा रहेका समाजका अध्यक्ष शुसिल मल्लले फोनमार्फत प्रतियोगितालाई प्रायोजन गर्न पाउँदा खुसी लागेको बताए । फुटबल खेलाडी समेत रहेका मल्लले आफनो क्षेत्रमा हुन लागेको प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने अपेक्षा लिएको बताए ।  

शुसिल मल्लका बुबा लिल बहादुर मल्लले आयोजक पदाधिकारीलाई जर्सी सेट हस्तान्त्रण गरेका थिए ।  थापा फुटबलको माध्यमबाट यस क्षेत्रका गाउँ, जिल्ला, क्षेत्र र देशलाई चिनाउने काम गरेका थापा बाँकेको फुटबल क्षेत्रका हस्तीका ?पमा गनिने खेलाडी हुन् । थापाको सम्मानलाई थप गर्विलो बनाउने उद्देशयले उक्त प्रतियोगिताको संचालन गरिन लागिएको हो ।  

प्रतियोगितामा कैलालीको मसुरिया फुटबल एकेडेमी, बर्दियाको राजापुर, दाङबाट युएनविसि ,एसएसएफए, सुर्खेतको गुर्भाकोट, जुम्लाबाट चन्द्रनाथ, कोहलपुरबाट सिटि युथ एकेडेमी  आउने भएको आयोजकले बतायो ।  

खजुरा डि गाउँको न्यू डाँफे स्पोर्टस्, नेपालगन्जको धम्बोझी स्पोेर्टस् क्लब, आयोजक जय किसान स्पोर्टस् क्लब सैनिक र गौरीगंगा धनगढीको टोलीले खेलमा प्रतिस्पर्धा गर्नेछ ।  

नकआउटको आधारमा हुने प्रतियोगिता माघ ५ गतेसम्म संचालन हुनेछ । उक्त प्रतियोगिता मैटहवा माविको फुटबल मैदान हुनेछ । प्रतियोगितामा बाँके जिल्लाका क्लबह?लाई प्राथमिकतामा राखिएको छ ।  

अनुमानित १२ लाख बजेट रहेको प्रतियोगिताको विजेता टोलीले एक लाख पाँच हजार र  उप–विजेताले ५५ हजार पाउने छन् ।

पत्रकार सम्मेलनमा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले श्याम थापाको स्मृतिमा फुटबल प्रतियोगिता हुनु यस क्षेत्रकै लागि गर्व गर्ने विषय भएको बताए । थापासँगै फुटबल खेलेको दिनलाई स्मरण गर्दै शाहीले भने, ‘श्याम दाई यस क्षेत्रका लोकप्रिय खेलाडी हुन । उनको क्षमता देखेर हामी मोहित हुने गथ्यौं । भारतमा फुटबल खेल्न जाँदा उहाँलाई दर्शकले घेर्ने गर्थे । त्यस्तो लोकप्रियता थियो उहाँको । आज उहाँको स्मृतिमा स्थानीय क्लबले प्रतियोगिता गर्न लागेको छ । यसमा संघको साथ र सहयोग रहनेछ ।’

लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष सुर्यमणी अधिकारीले फुटबलको विकासका लागी अब स्थानीय स्तरबाट गतिविधिलाई तिव्रता दिनु पर्ने बताए । उनले भने, ‘फुटबलमा अब युवाह?ले काम गर्ने बेला आएको छ । कुरा भन्दा काम गरेर फुटबलको विकास गर्न सकिन्छ । फुटबलका लाग खजुरा क्षेत्र पहिलेदेखी राम्रो छ । यहाँबाट राम्रा खेलाडी उत्पादन भएको मैले सुनेको छ । प्रतियोगिताले त्यस क्षेत्रको फुटबल विकासमा थप टेवा पु¥याउनेछ ।’

प्रतियोगिता बारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा  जय किसान स्पोर्ट्स क्लबका उपाध्यक्ष केशव राना, सचिव धन बहादुर राना, सदस्य कृष्ण बहादुर थापा, फुटबल प्रशिक्षक जनक केसी लगायतको उपस्थिती रहेको थियो ।  

 

 

प्रकाशित: २५ पुस २०७७ ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App