१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

खेलसामग्री प्रदान

नेपाल भलिबल संघका उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका–४ स्थित फाइभ स्टार क्लबलाई भलिबल र नेटलगायतका खेलसामग्री प्रदान गरेका छन्।

आइतबार एक कार्यक्रमबीच सुवेदीले फाइभ स्टार क्लबका अध्यक्ष किरण केसीलाई खेल सामग्रीहरू प्रदान गरेका हुन्। कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, सहिद पार्क वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देल र फाइभ स्टार क्लबका अध्यक्ष केसीलगायत वक्ताहरूले खेलसामग्री सहयोगले भलिबलप्रेमीमा ठूलो उत्साह थपेको बताए। सुवेदीले भलिबल खेलको रुचि तथा विकासका लागि आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित: ८ मंसिर २०७७ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App