२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

गोरेट्ज्काको निर्णायक गोल

लियोन गोरेट्ज्काले निर्णायक गोलप्रेरित बायर्न म्युनिखले शनिबार बोरुसिया मोन्टेनग्लाडबाचलाई २–१ ले हराउँदै लगातार आठौं पटक बुन्डेसलिगा उपाधि नजिक पुगेको छ ।

पाहुना टोलीको खराब डिफेन्सको फाइदा उठाउँदै गोरेट्ज्काले गोल गरेर जित सुरक्षित गरेपछि बायर्न यस सिजनको उपाधिनजिक पुगेको हो । घरेलु मैदान एलियान्ज एरिनामा स्टार फरवार्डद्वय रोबर्ट लेवान्डोवस्की र थोमस मुलरबिनै मैदान उत्रिएको बायर्नको जितमा युवा प्रतिभा जोसवा जिर्कजी र लियोन गोरेट्ज्काले गोल गरे । बेन्जामिन पावार्डको पास सदुपयोग गर्दै गोरेट्जाले ८६औं मिनेटमा गोल गरेका थिए । त्यो जितसँगै बायर्नले तीन चरणको बाँकी छँदा निकटम प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डविरुद्ध सात अंकको अग्रता बनाएको छ ।

जर्मन फुटबलको पावर हाउस बायर्नले यस सिजन रेलिगेसनको संघारमा रहेको वेर्डर ब्रेमेनविरुद्ध मंगलबार जित निकाले उपाधि सुरक्षित गर्नेछ । २६औं मिनेटमा जोसुआ जिर्केजीको गोलबाट बायर्नले अग्रता लिएको थियो । डच स्टार जिर्केजीले रोबर्टो लेवान्डोवस्कीको अनुपस्थितिमा अग्रपंक्ति सम्हाल्ने अवसर पाएका थिए । एक गोलले पछाडि परे पनि मोन्टेनग्लाडबाचले केही अवसर सिर्जना गरेको थियो । पाहुना टोली बायर्नका पावार्डको आत्मघाती गोलबाट खेलमा फर्कने अवसर पायो ।

बुन्डेसलिगामा तीन चरणको खेल बाँकी रहँदा बायर्नलाई उपाधिका लागि मात्रै एक जितको खाँचो छ । तीनमध्ये एकमा जित हात पारे बायर्न लगातार आठौं सिजन बुन्डेसलिगा च्याम्पियन बन्नेछ ।

३७औं मिनेटमा पावार्डले आत्मघाती गोल गर्न पुगेपछि मोन्टेनग्लाडबाचले १–१ को अवस्थामा फर्किने अवसर पायो । फ्रेन्च डिफेन्डर पावार्डले प्याट्रिक हर्मेनको क्रस रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगे । तर, खेलको अन्तमा गोरेट्ज्कालाई गोल अवसर सिर्जना गर्दै पावार्डले आफ्नो गल्तीको परिपूर्ति गरे । त्यसअघि भएको खेलमा इन्जुरी समयको पाँचौं मिनेटमा युवा एर्लिङ ब्राउट हालान्डको गोलसँगै बोरुसिया डर्टमन्डले रेलिगेसन जोननजिक रहेको फोर्टुना डुसेलडर्फमाथि संघर्षपूर्ण जित निकालेको थियो ।

डुसेलडर्फमाथिको १–० को जितसँगै डर्टमन्डको जर्मन बुन्डेसलिगाको उपाधि यात्रा जीवितै बनाए पनि बायर्नको जितले भने थप कठिन बन्यो । बुन्डेसलिगामा तीन चरणको खेल बाँकी रहँदा बायर्नलाई उपाधिका लागि मात्रै एक जितको खाँचो छ । तीनमध्ये एकमा जित हात पारे बायर्न लगातार आठौं सिजन बुन्डेसलिगा च्याम्पियन बन्नेछ । शीर्षस्थानमा रहेको बायर्नको ३१ खेलबाट ७३ अंक छ भने दोस्रो स्थानको बोरुसिया डर्टमन्डको समान खेलबाटै ६६ अंक छ ।

कुनै एक खेलमा जित र बाँकी दुई खेल गुमाए पनि बायर्नलाई दोस्रो स्थानको डर्टमन्डले भेट्ने छैन । बायर्नले बाँकी तीनै खेल गुमाउने र डर्टमन्डले बाँकी तीन खेलमा जित हात पारेको अवस्थामा भने डर्टमन्ड च्याम्पियन बन्नेछ । बायर्नले अब वेर्डेर ब्रेमेन, पे्रmइबर्ग र वुल्फसबर्गसँग खेल्न बाँकी छ । डर्टमन्डले मेइन्ज, आरबी लाइपजिग र होफेनहाइनसँग खेल्न बाँकी छ ।

प्रकाशित: १ असार २०७७ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App