५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

वेस्ट इन्डिज 'ए' विरुद्धको अन्तिम खेलमा नेपालले पहिला बलिङ गर्ने

काठमाडौैं । वेस्ट इन्डिज 'ए' (West Indies 'A') विरुद्धको अन्तिम खेलमा नेपालले पहिला बलिङ गर्ने वेस्ट इन्डिज 'ए' विरुद्धको अन्तिम खेलमा नेपाल (Nepal Cricket) ले पहिला बलिङ गर्ने भएको छ।

त्रिवि क्रिकेट मैदानमा पाहुना टोलीले टस जितेर पहिला ब्याटिङ गर्ने भएपछि नेपालले फिल्डिङ गर्ने भएको हो।

 जारी शृंखलाको पाँचै खेलमा वेस्ट इन्डिजले पहिला ब्याटिङ गरेको हो । पहिलो खेलमा नेपालले टस जिते पनि फिल्डिङ रोजेको थियो भने  सो पछिका चारै खेलमा टस जितेर भ्रमणकारी टोलीले पहिला ब्याटिङ गरेको हो । 

खेल केहीबेरमा सुरु हुनेछ। पाँच खेलको शृंखलामा क्यारेबियन टोली ३-१ ले अघि छ। पहिलो खेल जिते पनि नेपालले सो पछिका तीनै खेलमा हार भोग्दा शृंखला नै गुमाउन पुग्यो। विश्वकपको तयारीका लागि उड्नुअघि आज नेपाल शृंखलामा सुखद् अन्त्यको योजनामा हुनेछ। 

प्रकाशित: २२ वैशाख २०८१ १२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App