१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पाँचै स्वर्ण भारतीय खेलाडीलाई

काठमाडौं – नेपाल तीन विधाको फाइनलमा स्तब्ध भएसँगै भारतले प्रेसिडेन्ट कप नेपाल इन्टरनेसल सिरिजमा पाँचै स्वर्ण आफ्नो बनाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शनिबार सम्पन्न पुरुष एकल र युगल तथा महिला युगल विधामा घरेलु प्रतिद्वन्द्वीको चुनौती पन्छ्याउँदै भारतले सिरिजमा आफ्नो वर्चस्व कायम गरेको हो। पुरुष एकलको फाइनलमा नेपालका प्रिन्स दाहाललाई जुनियरको विश्व वरीयतामा तेस्रो स्थानमा रहेका भारतीय खेलाडी मिरबा लुवाङले स्तब्ध बनाए।

मिरबाले विश्वको १४औं वरीयतामा रहेका प्रिन्सलाई २–१ को सेटमा पराजित गरे।दुबई इन्टरनेसनल सिरिजका विजेता प्रिन्सले पहिलो सेटमा चुनौती दिने प्रयास गरे पनि २१–१६ ले गुमाए।यद्यपि, दोस्रो सेटमा २३–२१ ले पुनरागमन गर्दै प्रिन्स खेलमा फर्किए। तर, तेस्रो सेट प्रिन्सले २१–१५ ले गुमाएपछि मिरबा उपाधि आफ्नो बनाउन सफल भए।यसअघि बंगलादेश जुनियर इन्टरनेसनलको विजेतासमेत रहेका मिरबाले लगातार दोस्रो उपाधि आफ्नो बनाए।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा पुरुष युगलमा पनि नेपाल स्तब्ध हुँदा प्रिन्स र पेम्बा शेर्पाको जोडी पराजित हुन पुग्यो। प्रिन्स र पेम्बाको जोडी फाइनलमा भारतीय प्रतिद्वन्द्वी आर विकास प्रभु र अरुण कार्तिकको जोडीसँग १९–२१, २१–१३, २१–१६ ले पराजित भयो। महिला एकलतर्फ पनि भारतकी तस्निम मिरले  सफलता प्राप्त गरिन्। मिरले फाइनलमा मलेसियाकी करुपथेभन लेत्सानालाई २१–१७ र २१–१४ ले पराजित गरेकी थिइन् ।

 महिला युगलतर्फको फाइनलमा पनि नेपालका विष्णा विष्ट र प्रसूना खत्रीको जोडीले पराजय बेहो-यो। विष्णा र प्रसूनाको जोडी भारतका ननधा कार्तिकेयन र सानिया सिकन्दरको जोडीसँग २१–६ र २१–६ को समान अन्तरमा पराजित भयो।
मिक्स डबल्सतर्फ भारतका मुरुगप्पा केएस र सानिया सिकन्दरको जोडीले आफ्नो देशको प्रतिद्वन्द्वीलाई हराएको थियो। यी जोडीले आयन रसिद र तस्मिन मिरको जोडीलाई २१–१७ र २१–१४ ले पराजित गर्दै उपाधि हात पा-यो। विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका पूर्व अध्यक्षद्वय प्रकाशबहादुर शाही र रमेशकुमार श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए ।

बंगलादेश जुनियर इन्टरनेसनलको विजेतासमेत रहेका मिरबाले लगातार दोस्रो उपाधि आफ्नो बनाए।

 

प्रकाशित: २७ पुस २०७६ ०२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App