८ वैशाख २०८१ शनिबार
खेल

अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण भलिबल सिरिज नेपाललाई

काठमाडौं– एभिसी सेन्ट्रल जोनको पूर्वसन्ध्यामा आयोजित अफगानिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भलिबल सिरिज नेपालले जितेको छ। बुधबार सम्पन्न पहिलो खेलमा ३–२ सेटको जित निकालेको नेपालले बिहीबार पनि सोही लयलाई कायम राख्दै घरेलु मैदानमा सिरिज हात पारेको हो। 

आजको खेलमा सुरुका दुई सेटमा पछि परेको नेपाली खेलाडीले उत्कृष्ट पुनरागमन गर्दै पछिका दुई सेटमा अग्रता लिँदै खेललाई बराबरीमा पुर्याए। निर्णायक पाचौं सेट पनि नेपालले १५–१२ अंकले आफ्नो पक्षमा पार्दै सिरिज जित्यो। 

खेल लगनखेलस्थित आर्मी कभर्डहलमा भएको थियो। एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता आउँदो भदौ २ गतेबाट काठमाडौंमा हुँदैछ। 

प्रकाशित: ३० श्रावण २०७६ १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App