४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

जावलाखेलमा नयाँ नेतृत्व

काठमाडौं – शहिद स्मारक ‘ए’ डिभिजन लिग टोली जाउलाखेल युथ क्लबको अध्यक्षमा महेन्द्र क्षत्री विजयी भएका छन्।

क्षत्रीले शनिबार भएको निर्वाचनमा तत्कालीन अध्यक्ष ठूलोभाई केसीलाई १ सय २१ भोटले हराए। क्षेत्रीको पक्षमा २ सय ४१ मत खसेको थियो भने केसीको पक्षमा १ सय २० मत मात्र खस्यो।

उपाध्यक्षमा उज्वल कर्माचार्य, किरोजमान सिंह र समीर केसी विजयी भए भने महासचिवमा पवन गिरी निर्वाचित भए। कबिर बस्नेत सचिव र महेशचन्द्र महत कोषाध्यक्ष निर्वाचित भए। यता सदस्यमा रवि खड्का, राजु बोगटी, विकास कार्र्की, सुनील केसी, निरज खड्का, नरेश थापा र प्रदीप तण्डुकार केन्द्रीय सदस्यमा निर्वाचित भए।
 

प्रकाशित: २७ श्रावण २०७६ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App